समाचार
समाचार
समाचार
मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युट सिटिइभिटी र मेचीनगर नगरपालिकाको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालित संस्था हो । यस क्षेत्रमा प्राविधिक शिक्षाको उच्च तहको अध्ययनको आवश्यकतालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ (Architecture Engineering) र सुचना प्रविधि (Information Technology-IT) को ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रममा सञ्चालन हुनेछन् । यी दुबै कार्यक्रममा ४८/४८ जना विद्यार्थी कोटा रहेको छ । मेचीनगर नगरपालिका भित्र प्राविधिक शिक्षाका प्राविधिक एस.एल.सी. तहका कार्यक्रम मात्रै सञ्चालन रहेकोमा मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युटको स्थापनाले डिप्लोमा तह अध्ययन गर्ने अवसर प्राप्त भएको छ ।